महिला टि–२० विश्वकप सेमिफाइनलआज, भारत र अष्ट्रेलिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

महिला टि–२० विश्वकप सेमिफाइनलआज, भारत र अष्ट्रेलिया भिड्दै

एजेन्सी । महिला टी–२० विश्वकपको सेमिफाइनलमा आज भारतले अष्ट्रेलियासँग खेल्दैछ । खेल केप टाउनको न्युल्यान्ड्स मैदानमा साँझ ६ः३० बजेबाट सुरु हुनेछ । यो विश्वकपमा भारतको सामु यो सबैभन्दा ठूलो चुनौती हो, किनकि अष्ट्रेलियाले समग्र टी–२० र वान डे विश्वकपको नकआउट खेलमा टीम इन्डियालाई ४ पटक पराजित गरेको छ।

टी–२० विश्वकपको कुरा गर्ने हो भने दुई देशबीच हालसम्म ५ खेल भइसकेका छन् । ३ मा अष्ट्रेलिया र २ मा भारतले जितेको थियो । अष्ट्रेलिया र भारतबीचको टी–२० क्रिकेटमा हालसम्म ३० अन्तर्राष्ट्रिय खेल भएका छन् । भारतले ७ मा जित्यो भने अष्ट्रेलियाले २२ मा जितेको छ । एक खेल पनि अनिर्णित रह्यो । टी–२० विश्वकपमा यी दुईबीच कडा भिडन्त हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);