प्रचण्ड-ओली गठबन्धन टुट्न नदिन चिनियाँ राजदूतको दौडधूप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

प्रचण्ड-ओली गठबन्धन टुट्न नदिन चिनियाँ राजदूतको दौडधूप

काठमाडौं, १० फागुन । नेपालमा सत्ता गठबन्धन टुटको संघारमा पुगेपछि चीन खुलेरै सक्रिय भएको छ । चिनियाँ राजदूत चेन सेङले बुधवार विहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भेटेका छन् ।

राष्ट्रपति चुनावलाई लिएर राजदूत चेनले चासो राखेको विश्वस्त स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्ना विदेश विभाग सल्लाहकारमा चीनस्थित विश्वविद्यालयबाट विद्यावारिधी गरेर फर्किएका डा. रुपक सापकोटालाई नियुक्त गरेको भोलिपल्टै राजदूत चेन प्रचण्डलाई भेट्न पुगेका हुन् ।

सापकोटा पूर्वसभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । उनको प्रधानमन्त्रीको विदेश विभागको प्रमुखको सल्लाहकारका रुपमा नियुक्तिलाई अर्थपूर्ण मानिएको छ ।

चेन नेपालका लागि चीनका नयाँ राजदूत हुन् । उनी नेपाल आएयता पछिल्लो समय सबैभन्दा बढी सक्रिय भएका छन् । राजदूत चेतले खुलेरै सक्रियता देखाएको विश्लेषण गर्छन् विदेश मामलाका जानकार शिव प्रसाद तिवारी । उनले भने, चीनले देखाएरै शक्ति प्रदर्शन गरिरहेको छ ।

यसअघि राजदूत चेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगी भेटेका थिए । उनले कम्युनिस्ट नेताहरुसँगको भेटलाई जोड दिइरहेका छन् । चीन कम्युनिस्टहरुबीच समिकरण र एकतामा जोड दिदै आएको छ । विगतमा कम्युनिस्ट शक्ति एक बनाउन उसैले भूमिका खेलेको थियो । विभाजन रोक्न पनि चिनियाँ अधिकारीहरु खुलेरै सक्रिय भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);