काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गर्ने भएको छ । राष्ट्रपति निर्वाचनको लागि स्वीकृत गरिएको कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गर्न लागेको जनाईएको छ ।
निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशित गरिनेछ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरू रहेको निर्वाचन मण्डलबाट हुने संविधानमा उल्लेख गरिएबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम मतदाता नामावलीमा समावेश गरेको छ ।