बिना जानकारी तस्बिर खिच्दा आलिया आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

बिना जानकारी तस्बिर खिच्दा आलिया आक्रोशित

एजेन्सी, १० फागुन । बलिउड अभिनेत्री आलिया भट्ट आजकाल छोरी राहासँग गुणस्तरीय समय बिताइरहेकी छिन् । यससँगै अभिनेत्रीले आफ्नो फिटनेसको पनि विशेष ख्याल गरिरहेकी छिन् । धेरै पटक अभिनेत्रीलाई जिममा पनि देखाइएको छ । तर हालै आलियाको यस्तो तस्विर सार्वजनिक भएको छ । जसलाई देखेर अभिनेत्रीको रिसाएकी छिन । उनले यस विषयमा मुम्बई प्रहरीसँग कुरा गरेकी छिन् ।

वास्तवमा आलिया भट्टको यो तस्बिर ई–टाइम्सको पोर्टलले प्रकाशित गरेको हो। जसमा आलिया भट्ट बान्द्रास्थित आफ्नो घरको लिभिङ एरियामा बसेकी देखिएकी छिन्।आफ्नो इन्स्टा स्टोरीमा तस्विर सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘के तपाई मसँग मजाक गर्दै हुनुहुन्छ..जब म आफ्नो घरमा बसिरहेको थिएँ, त्यो एकदम राम्रो दिउँसो थियो । म बस्ने ठाउँमा थिएँ जब मैले महसुस गरें कि कसैले मलाई हेरिरहेको छ..जब मैले माथि हेरेँ कि क्यामेरा भएका दुई जना मानिस मेरो घरको छेउमा भवनमा उभिरहेका थिए। संसारमा यस्तो हुन सक्छ ? के यो कसैको गोपनियताको हनन होइन। तिम्रो र हाम्रो बीचमा एउटा रेखा थियो जुन तिमीले आज पार गरिसकेका छौ ।’आलियाले यसमा मुम्बई पुलिसलाई पनि ट्याग गरेकी छिन्।

आलिया हालै दादासाहेब फाल्के अवार्डमा देखिएकी थिइन् । जहाँ उनले रेखासँग रेड कार्पेटमा उत्कट पोज दिएका थिए । यसका धेरै तस्विर र भिडियोहरु पनि निकै भाइरल भइरहेका छन् । यी तस्विरमा आलिया सुन्दर साडीमा देखिएकी छिन् ।

Leave a Reply