मस्को, १० फागुन । रुसको राजधानी मस्कोको एक बहुतले भवनमा रहेको एउटा होटलमा मंगलबार राति भीषण आगलागी भएको छ । भवनमा आगलागी हुँदा दुई बालबालिकासहित ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोही क्रममा आगलागीमा परी नौ जना घाइते भएका छन् । रुसको आपतकालीन अवस्था मन्त्रालयले मंगलबार यो जानकारी दिएको हो ।
मन्त्रालयले टेलिग्राम सन्देश प्लेटफर्ममार्फत आगलागीमा नौ जना घाइते भएको र भवनबाट २०० जनालाई बाहिर निकालिएको बताएको छ । आगो नियन्त्रणमा आएपछि घटनास्थलको निरीक्षण गरिएको उनले बताए ।
छानबिन समितिले आगलागीको पछाडि फौजदारी मुद्दा हुन सक्ने बताएको छ । भवनको पाँचौं तलामा आगलागी भएको छ । रुसी एजेन्सीहरूले मस्कोको ट्यागान्स्की जिल्लामा रहेको ४१ वर्ष पुरानो भवनमा तल्लो तल्लामा होटल र माथिल्लो तल्लामा आगो लागेको अपार्टमेन्ट रहेको थियो ।