राष्ट्रपति बन्न मलाई ठोस प्रस्ताव आएको छैन्ः माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

राष्ट्रपति बन्न मलाई ठोस प्रस्ताव आएको छैन्ः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई शक्ति बाँडफाँटको रूपमा लिने संकेत गर्नुभएको छ ।

दाङको भालुबाङ्गमा मंगलबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको बताउनुभयो । आफू के बन्ने भन्ने बारेमा अझै सोचिनसकेको अध्यक्ष नेपालको जवाफ दियो । अहिले बजारमा थुप्रै हल्ला र चर्चापरिचर्चाहरू रहेको भन्दै उहाँले राष्ट्रपतिको सन्दर्भमा कुनै टुंगो नलागेको बताउनुभयो ।

आफ्नो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय नगरे पनि शक्ति बाँडफाँटमा भूमिका हुनुपर्नेमा स्पष्ट रहेको अध्यक्ष नेपालको भनाइ थियो । उहाँले अरूकै लागि सधै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा मान्य नहुने टिप्पणी गर्नुभयो । राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको अध्यक्ष नेपालको भनाइ थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको समाचारहरू सार्वजनिक भएपनि नेपालले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने प्रतिक्रिया दिनुभयो । चुनावअघि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहमत रहेको उहाँले जिकिर गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);