पर्यटन कार्यालय बाँकेका तत्कालीन निर्देशकसहित ६ जना विरुद्ध अख्तियारको मुुद्दा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

पर्यटन कार्यालय बाँकेका तत्कालीन निर्देशकसहित ६ जना विरुद्ध अख्तियारको मुुद्दा

काठमाडौं, ९ फागुन । पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दिपक बहादुर बुढाथोकीसहित ६जना विरुद्ध अख्तियारले मुुद्दा दायर गरेको छ । बुढाथोकी, सव–इन्जिनियर, उपभोक्ता समितिका अध्यक्ष, अनुगमन समितिका संयोजकसमेत ६ जनामाथि १ लाख ५६ हजार ५५३ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले अनुुसन्धान गर्दा बाजुराको काँडा गाउँ विकास समितिमा पर्यटन विकास प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रकम निकासा भएको रकम हिनामिना गरेको उजुरीको आधारमा अनुसन्धान हुँदा खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा भएको खुद कामभन्दा बढी परिमाण देखाई झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन पेस गरि भुक्तानी दिएको पुष्टि भएको थियो ।

उनीहरु ६ जना विरुद्ध ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुनसमेत मागदाबी गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);