ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपतिको विश्वास | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छिन् ।

पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्र्दै भण्डारीले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदानहुने कामना गरेकी छिन् ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतहरूको सरसफाई गर्ने, घरको छत लगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजाहरू राख्ने, गुथुक र खाप्से जस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);