अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगे | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगे

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुग्नुभएको छ ।

पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुग्नुभएका अमेरिकी राष्ट्रपतिले अकस्मात् किएभको भ्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले युक्रेनमा युद्ध गर्न रुसलाई घातक अस्त्र दिन सक्ने अमेरिकाले चेतावनी दिएको छ । युक्रेनको राजधानीमा किएभमा महत्वपुर्ण व्यक्ति आउने सङकेत त्यसअघि नै प्राप्त भइसकेको थियो ।

तर सुरक्षाका कारण बाइडनको भ्रमण गोप्य राखिएको थियो । उच्चस्तरीय भ्रमणको खबरका बीच किएभमा केही सडक खाली गराइएको थियो । युक्रेनमाथि रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको एक दिनअघि बाइडन युक्रेन पुग्नुभएको हो । नौ वर्षअघि सरकारविरोधी प्रदर्शनका क्रममा मृत्यु भएका १०७ व्यक्तिको सम्झना गरिने दिन बाइडेनले जेलेन्स्कीलाई भेट गर्नुभएको छ ।

द्वन्द्वका बीच युक्रेनको केन्द्रमा अमेरिकी राष्ट्रपतिले युक्रेनी नेतृत्वसँग भेट गर्नु महत्वपुर्ण र साङकेतिक भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पूर्ण स्तरको आक्रमण सुरु भएको एक वर्ष पुग्न लागेको बेला यो भ्रमणले मस्कोलाई अमेरिका र पश्चिमा राष्ट्रहरू युक्रेनलाई सहयोग गर्नबाट पछि नहट्ने स्पष्ट सङ्केत दिएको छ । बाइडन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन जानुभएको हो । व्यापक सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडनको भ्रमण गोप्य राखिएको थियो ।

पूर्वनिर्धारित पूर्वी युरोप भ्रमणका क्रममा बाइडन युक्रेन पुग्ने कुरालाई अधिकारीहरूले अस्वीकार गर्दै आएका थिए । एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले “युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको आफूहरुको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने बताउनुभएको छ । केही साताअघि युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि अकस्मात् वाशिङ्टन पुग्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);