काठमाडौं, ८ फागुन । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । रेग्मी थाइल्यान्डबाट नेपाल आउने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ परेका हुन् ।
साइबर अपराध सम्बन्धि उजुरीपरेसँगै रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा गालीगलौज गरेको विषयमा उनीविरुद्ध उजुरी परेको बुझिएको छ । रेग्मीलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भइरहेको छ ।
उनीविरूद्ध ४ जना कलाकारले उजुरी दिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ।
‘म संगको ब्यक्तिगत इगो साध्न,मेरो निर्दोष परिवार माथि हात हालेका यि हस्ताक्षरहरु जिबन भर भुल्ने छैन ।’ –उनले २ वर्ष अघि यस्तो स्ट्याटस लेखेर कभर फोटो राखेका थिए ।