१६ चैत्र, काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको पाँचौ संशोधन गरेको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले विरोधको कार्यक्रम घोषणा गरेको छ ।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रमकाबिच सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेको ३ महिना पनि बित्न नपाउदै पाँचौ संशोधन गरिएको बिरोधमा निर्माण व्यवसायी महासंघले आन्दोलन घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमहरुमा आगामी चैत २२ गते १० वजे ७५ वटै जिल्ला संघको सचिवालयमा सरकारलाई दवाव दिन पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।
महासंघले सरकारसंग सार्वजनिक खरिद नियमावलीको पाँचौ शंसोधनमा रहेको निमार्ण कार्य गर्न पाउने रकमको सिमा ६० लाख लाई वृद्धि गरि १ करोड पु¥याएको सम्पूर्ण व्यवस्था खारेज गर्न समेत माग गरेको छ ।