सिन्धुपाल्चोक, १४ पुष । सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजनाले तल्लो गिरानचौरमा १ सय ३५ घरसहितको एकीकृत बस्ती निर्माण गर्ने भएको छ ।
परियोजनाअन्तर्गत पहिलो चरणमा ९० घरधुरी निर्माण हुनेछन् । एकीकृत बस्तीलाई चारवटा ब्लकमा विभाजन गरिनेछ भने प्रत्येक ब्लकमा सामुदायिक भवन, बाल उद्यान र प्रतीक्षालय रहनेछन् । एकीकृत बस्तीमा स्वास्थ्य चौकी पनि निर्माण हुनेछ । बस्ती निर्माणमा विभिन्न दातृनिकाय, सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भवन विकास डिभिजन महाशाखालगायतको लगानी रहनेछ ।
परियोजनाको कुल लागत २९ करोड १० लाख अनुमान गरिएको छ । यसैबीच, तिलगंगा ग्लोबल फ्रेन्ड्सले परियोजनालाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।