दश दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने काँग्रेस प्रमुख सचेतकको दाबी | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

दश दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने काँग्रेस प्रमुख सचेतकको दाबी

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको दश दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताउनु भयो ।

उहाँले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताउनु भयो । उहाँले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्तँ गठबन्धन स्थिर नरहेको बताउनु भयो । प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताउनु भयो ।

उहाँले नेकपा एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी रहने बताउनु भयो ।

प्रमुख सचेतक लेखकले काँग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply