दिपेन्द्र र कुशल नायक बन्दा बलियो प्रतिष्पर्धी स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

दिपेन्द्र र कुशल नायक बन्दा बलियो प्रतिष्पर्धी स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनौती नेपालले ४७ ओभरमा पुरा गर्यो । लक्ष्य भेटाउन नेपालले ७ विकेटको नोक्शानी व्यहोर्नुपर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै सर्वाधिक ८५ रनको योगदान दिए ।

नेपालको जितमा कुशल मल्लले ६७ बलमा ८१ रनको जोडे । साथै ओपनर कुशल भुर्तेलले १६रन बनाउदा गुल्शण झाँ १५ रनमा पबिलियन फिर्किए ।

साथै ज्ञानेन्द्र मल्ल पनि ४ रन जोडेर आउट भए । आसिफ सेखले ९ तथा रोहित कुमार पौडेलले ६ तथा सन्दीप जोराले ६ रन बनाएर आउट भए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको थियो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);