नेपाल–स्कटल्याण्डः २०औं ओभरको खेल चलिरहँदा नेपालले बनायो एक सय २७ रन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

नेपाल–स्कटल्याण्डः २०औं ओभरको खेल चलिरहँदा नेपालले बनायो एक सय २७ रन

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डले दिएको चुनौती पछ्याइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनौती नेपालले पछ्याइरहेको हो ।

जारी खेलमा २०औं ओभरको खेल चलिरहँदा नेपालले १२७ रन बनाएको छ । कुशल भुर्तेल ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भए । साथै ज्ञानेन्द्र मल्ल पनि ४ रन जोडेर आउट भएका छन् । आसिफ सेखले ९ तथा रोहित कुमार पौडेलले ६ तथा सन्दीप जोराले ६ रन बनाएर आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);