स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको लक्ष्य

काठमाण्डौ, ५ फागुन । त्रिवि मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–टु को त्रिदेशीय सिरिज अन्तर्गतको खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।

अलराउन्डर माइकल लिस्कले शतक बनाएपछि स्कटल्यान्डले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दियो । लिस्कले ८५ बलमा १ सय ७ रन बनाए । एक दिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो । ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२ रन बनाए ।

सन्दीप लामिछानेले ३ विकेट लिँदा कुशल मल्लले २, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १÷१ विकेट लिए । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);