चन्द्र भण्डारीको अवस्था गम्भिर, मुम्बई लैजाने तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

चन्द्र भण्डारीको अवस्था गम्भिर, मुम्बई लैजाने तयारी

काठमाडौं, ४ फागुन । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको उपचार जारी छ । बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएका भण्डारी र उहाँको आमाको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।

भण्डारीको कम्मरदेखि तलको भागसमेत शरिरको करिब २५ प्रतिशत भाग जलेको बताइएको छ । भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ । आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको आशंका गरिएको छ । यसैबीच, भण्डारी र उहाँकी आमा दुवैलाई थप उपचारका लागि भारत लैजाने विषयमा सल्लाह भइरहेको बताइएको छ ।

चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिए आजै मुम्बई लैजाने तयारी भइरहेको छ । ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);