प्रदीप पौडेलको आरोप– एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

प्रदीप पौडेलको आरोप– एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा दिनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाउनुभएको हो ।

उहाँले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ति प्रश्तुत गरिरहेको भन्दै तत्कालिन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको बताउनु भयो । सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रित गर्नुभयो ।

उहाँले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाउनु भयो ।
सांसद पौडेलले संविधानको रक्षाका गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन काँग्रेस प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);