टर्की–सिरियामा ३७ हजारभन्दा बढीको मृत्यु, उद्धार कार्य अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

टर्की–सिरियामा ३७ हजारभन्दा बढीको मृत्यु, उद्धार कार्य अन्तिम चरणमा

एजेन्सी । टर्की र सिरियामा गएको खतरनाक भूकम्प गएको ९ दिन भइसकेको छ । यी दुई देशमा हालसम्म ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच, संयुक्त राष्ट्रसंघ (यूएन) ले दुवै देशका ७० लाखभन्दा बढी बालबालिका यस त्रासदीबाट प्रभावित भएको बताएको छ । यसै क्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो भूकम्प युरोपमा सय वर्षयताकै ठूलो प्रकोप भएको बताएको छ ।

मंगलबार सिरियाली राष्ट्रपति बसर–अल–असदले टर्कीसँग थप दुईवटा सीमा नाका खोल्ने घोषणा गरे । यसमार्फत राष्ट्रसंघले भूकम्पसँग सम्बन्धित राहत सामग्री सिरियामा पठाउन सक्नेछ । देशवासीलाई सहयोग गर्न यी नाका आगामी ३ महिना खुला रहनेछन् । सिरियामा सन् २०११ मा सुरु भएको गृहयुद्धपछि पहिलो पटक यी सीमानाहरू खोलिएको हो।

टर्की र सिरियामा उद्धार कार्य जारी छ। भग्नावशेषमुनि रहेका मानिसहरुलाई अझै बाहिर निकाल्ने काम भइरहेको छ । अचम्मको कुरा के छ भने ८ देखि ९ दिन बितिसक्दा पनि कैयौं मानिस जिवितै भेटिएका छन् । टर्कीको हाते प्रान्तमा २६ वर्षीया महिलाको २०१ घण्टापछि उद्धार गरिएको छ । यहाँ, आदियामान नगरमा १८ वर्षीय युवकको १९९ घण्टापछि उद्धार गरिएको छ ।

सिरियाको सीमामा उद्धार कार्य छोडेर धेरै देश फर्किएका छन् । आइतबार इजरायलले सुरक्षा कारण देखाउँदै आफ्नो टोली हत्जाला समूहलाई आपतकालीन उडानबाट फिर्ता बोलाएको थियो। यसअघि जर्मनी र अस्ट्रियाले पनि टर्कीबाट उद्धारकर्ता फिर्ता लिएका थिए ।

वास्तवमा, इजरायल लगायत धेरै देशका गुप्तचर एजेन्सीहरूले टर्कीको सीमामा विभिन्न समूहहरूबीच हिंसात्मक झडप हुने जानकारी प्राप्त गरेका छन्। जसका कारण त्यहाँ पुगेका उद्धारकर्मीको ज्यान जोखिममा परेको छ । जर्मन उद्धार टोलीले पनि गोलीबारी भइरहेको जानकारी दिएको छ । यसै क्रममा आइतबार राति टर्कीको कहरामनमारासमा ४.७ म्याग्नीच्युडको अर्को भूकम्प गएको छ । टर्कीमा गत फेब्रुअरी ६ मा गएको भूकम्पपछि लगातार पराकम्पन आउन थालेपछि मानिसहरु चिन्तित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);