एजेन्सी । अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । कैयन घाइते भएको बताइए पनि यकिन भएको छैन । शहरका मेयरले उक्त आग्लागिमा एक बच्चा हुन सक्ने बताएका छन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेका बताएका छन् । आगलागीको कारणसमेत अहिलेसम्म नखुलेको बताइएको छ ।