काठमाडौं, २ फागुन । बागमती प्रदेशले आजदेखि चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा सय पुर्णाङ्कमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली लागु गर्ने भएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको चौथो पटकको प्रयासपछि यो प्रणाली लागु गर्न लागिएको हो ।
यातायात व्यवस्था विभागले यो प्रणाली यसअघि धेरै पटक लागुगर्न खोजेपनि लागु गर्न सकेको थिएन । काठमाडौं उपत्यकाका चार र हेटौंडाको एक स्थानसहित पाँच स्थानका यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा लिने जनाईएको छ ।
१०० पुर्णाङ्कको प्रयोगात्कम परीक्षामा ७० अंक ल्याए उत्र्तिण हुन सक्छन् । उपत्यकाका चाबहिल, ठुलो भ¥याङ, एकान्तकुनाबाट यातायात कार्यालयहरुले परीक्षा लिनेछन् ।