एजेन्सी । बलिउडका बादशाह शाहरुख खानको पठानको आँधीबेहरी सफलताले ठूला फिल्महरूलाई पछाडी पारेको छ। यो वर्ष अहिलेसम्म धेरै चलचित्र रिलिज भएका छन् । हिन्दी भाषामा डब गरिएको साउथ फिल्म वारिसु होस् वा अन्य कुनै ठूलो ब्यानरको फिल्म, पठान फिल्मले सबैलाई पछि पार्दै बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ। यति धेरै दिनको राम्रो कमाईपछि फिल्मको १९ औं दिनको कलेक्शन पनि सार्वजनिक भएको छ ।
शाहरुख खानको यो फिल्मले बक्स अफिसमा आतंक मच्चाइरहेको छ । दुई सातामै ४०० करोडको आँकडा पार गरेको छ । विश्वभर पनि फिल्मले आफ्नो जादु फैलाइरहेको छ । फिल्मले विश्वभर ९०० करोडभन्दा बढी कमाइ गरिसकेको छ ।
पठान फिल्मले अहिलेसम्म करिब ४७६ करोडको व्यापार गरिसकेको छ । सकनिल्कको रिपोर्ट अनुसार फिल्मले १९औं दिन १३ करोड कमाएको थियो । यी घरेलु बक्स अफिसको प्रारम्भिक तथ्याङ्कहरू हुन् ।
पठान एकै दिनमा ७० करोड कमाउने पहिलो फिल्म हो । फिल्मले केजीएफ २ को रेकर्ड तोडेको छ । अब बाहुबली २ को रेकर्ड तोड्ने तयारीमा छ ।
भारतमा धमाका कमाउनुका साथै फिल्मको कलेक्सन पनि विश्वभर अचम्मको छ । फिल्मले ९०० करोड नाघेको छ र अहिले १००० करोड कमाउनेतर्फ तिब्र गतिमा अघि बढेको छ ।