नेकपा एमालेले नेपाली कांग्रेसमाथि नयाँ सरकार गठनमा अवरोध सिर्जना गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

काठमाडौं, १४ पुष । नेकपा एमालेले नेपाली कांग्रेसमाथि नयाँ सरकार गठनमा अवरोध सिर्जना गरेको आरोप लगाएको छ ।

एमालेको स्थायी समिति बैठकले जनमतको कदर गर्नुको साटो कांग्रेसले संविधानको अपव्याख्या गरेर नयाँ सरकार गठनमा अवरोध सिर्जना गरेको ठहर गरेको हो । एमालेले खासगरी राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशलाई लिएर सरकारले राष्ट्रपतिलाई अनावश्यकरुपमा दबाब दिएको र संविधानको अपव्याख्या गरेको आरोप लगाएको छ ।

नयाँ सरकार गठनमा मार्ग प्रशस्त नगरिनुले आफू निकै गम्भिर बनेको एमालेले बताएको छ । एमालेको स्थायी समितिले नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई तीब्रतासाथ अगाडि बढाउने निर्णय पनि गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कार्यतालिका बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने समझदारी भएको भोलिपल्ट एमालेले एकता प्रक्रियालाई तीब्रतासाथ अगाडि बढाउने निर्णय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);