जनयुद्ध महान् र युगान्तकारी थियो : प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८१, मंगलबार

जनयुद्ध महान् र युगान्तकारी थियो : प्रधानमन्त्री दाहाल

काठमाडौं, १ फागुन । २०५२ फागुन १ गतेबाट सुरू गरिएको जनयुद्धको २८औँ वार्षिकोत्सवको अवसरमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले शुभकामना दिंदै घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्नुभएको छ ।

नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको उल्लेख गर्दै साहस, वीरता र उत्सर्गको सो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उहाँको भनाइ छ । ‘जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् । नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो । यही यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक विदा दिने निर्णय गरेको छ । तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु ।’–शुभकामना सन्देशमा लेखिएको छ ।

उहाँले देशको राजनीति र अर्थतन्त्रले संकटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको बताउनुुभएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);