प्रचण्डसँग लिङ्देनको द्वन्द्व बढ्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

प्रचण्डसँग लिङ्देनको द्वन्द्व बढ्यो

काठमाडौं, २९ माघ । सामान्यतया सोमबार र बिहिबार मन्त्रिपरिषद्को बैठक बोलाउने गरिएकोमा आइतबार साँझतिर प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा बैठक बोलाए । बैठकको एजेण्डाबारे मन्त्रिहरुले चासो राख्नु स्वाभाविक नै हो । राप्रपाबाट मन्त्रि भएकाहरुको मनमा चीसो पसिहाल्यो । उनीहरुले एजेण्डा थाहा पाएपछि बैठक नै बहिष्कार गरे ।

राप्रपाबाट मन्त्री भएकामा अध्यक्ष राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे अनुपस्थित भए । उनीहरुले कुनै एउटा दलले गरेको हिंसात्मक गतिविधिलाई दिवसका रुपमा मनाउने गरी बिदा दिने निर्णयको पक्षमा जान नसकिने भन्दै अनुपस्थिति जनाएको बुझिएको छ ।

राप्रपाले पृथ्वी जयन्तीमा बिदाको माग गरेकोमा प्रचण्ड नेतृत्वको सरकार सहमत भई बिदा घोषणा गरेको थियो । तर, प्रचण्डको जनयुद्ध दिवसमा बिदा दिने प्रस्तावमा भने लिङ्देन सहमत भएनन् ।

पछिल्लो समय प्रचण्ड र लिङ्देनबीच टकराव बढ्दै गएको छ । प्रचण्डले राप्रपाका मन्त्रिहरुलाई गणतन्त्र, संघीयता र धर्मनीरपेक्षताको विपक्षमा नबोल्न चेतावनी दिदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);