चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार निलम्बन | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८१, मंगलबार

चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार निलम्बन

काठमाडौं । भीआईपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार घटनाको अनुसन्धान गर्नका लागि गुरुङलाई निलम्बन गरिएको हो ।

काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई काठमाडौं जिल्ला प्रहरी परिसरले निलम्बन गरेको हो । शुक्रबार प्रहरीको कुटपिटबाट ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह टाउको र हातमा चोट लागेपछि ट्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ ।

डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलमलगायतमाथि पनि हातपात भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);