काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि चीनीया राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरु बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।