आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं, २६ माघ । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । राष्ट्रपतिको उम्मेदवार, गृहमन्त्रालयलगायतबारे छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको संयन्त्रको बैठक आज बस्न लागेको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच बालकोटमा भएको भेटवार्तामा आज बैठक बोलाउने सहमति भएको थियो ।

नयाँ सरकार गठन हुँदा एमाले र माओवादीबीच राष्ट्रपति एमालेले पाउने सहमति गरेपनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुुपर्नेमा जोड दिँदै आएका छन् । तर, एमालेले भने सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिइरहेको छ ।

डेढ महिनामै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । त्यसबारे पनि बैठकमा छलफल हुने भएको छ । बैठकमा एमाले, माओवादी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको सहभागिता हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);