काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान ओली प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेट्न पुगेका हुन् । दुई शीर्ष नेताहरुबीच राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । नयाँ सरकार गठन हुने क्रममा प्रधानमन्त्री माओवादीलाई र राष्ट्रपति एमालेले दिने सहमति भएपनि पछिल्लो समय प्रचण्डले राष्ट्रपतिमा साझा सहमति गर्नुपर्ने धारणा दिएका थिए । त्यसपछि भने एमाले शशंकित भएको छ ।