सहकुललाई कार्य जिम्मा दिएर आइजीपी अबुधाबीतिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सहकुललाई कार्य जिम्मा दिएर आइजीपी अबुधाबीतिर

काठमाडौं, २३ माघ । आइजीपी धिरजप्रताप सिंहले आफू विदेश जाँदै गर्दा नेपाल प्रहरीका सेकेन्डम्यान सहकुल थापालाई कामकाजको जिम्मेवारी दिएका छन् । सिंह २४ देखि २६ माघसम्म अबुधाबीमा हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका हुन् ।

सिंह, विश्वराज पोखरेल र थापाबीच आइजीपीको प्रतिष्पर्धा हुँदा बाजी सिंहले मारेका थिए । पोखरेलले राजीनामा दिएपछि थापा वरिष्ठतम एआइजी छन् । विगतमा आइजीपीहरुले बेला बेलामा वरिष्ठतमलाई आफू विदेश जाँदा कामकाजको जिम्मेवारी नदिई अरुलाई दिंदा विवाद हुने गर्दथ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);