एजेन्सी । टर्कीमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (युएसजीएस)का अनुसार दक्षिण टर्कीमा गएको यस भूकम्पको म्याग्निच्युड ७.८ रहेको छ । यसको केन्द्र गाजियाटेप सहरबाट ३० किलोमिटर टाढा र जमिनबाट १० किलोमिटर तल थियो।
स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो । सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिर र भिडियो हेर्दा धेरैको ज्यान जाने आशंका गरिएको छ । यद्यपी सरकारले क्षतिको बारेमा आधिकारिक जानकारी दिएको छैन ।
नोभेम्बरमा टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको धक्का यति शक्तिशाली थियो कि राजधानी अंकारा, इस्तानबुल र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। स्वास्थ्यमन्त्री फहरतिन कोकाले भने– २२ जना घाइते भएका थिए । भूकम्पको डरले ती मानिसहरू अग्लो भवनबाट हामफालेका थिए।
समाचार एजेन्सी एपीका अनुसार भूकम्पको केन्द्रबिन्दु दुज्से प्रान्तको गोलकायामा रहेको थियो । यो सहर इस्तानबुलबाट द्दण्ण् किलोमिटर टाढा छ। सन् १९९९ मा सोही सहरमा सबैभन्दा खतरनाक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा ८ सय ४५ जनाको ज्यान गएको थियो ।
संसारमा हरेक वर्ष धेरै भूकम्प आउँछन् तर तिनको तीव्रता कम हुन्छ । राष्ट्रिय भूकम्प सूचना केन्द्रले हरेक वर्ष करिब २० हजार भूकम्पको रेकर्ड राख्छ। यसमध्ये १०० भूकम्पले बढी क्षति पु¥याउने गरेका छन् । भूकम्प केही सेकेन्ड वा केही मिनेटसम्म रहन्छ। इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने भूकम्प सन् २००४ मा हिन्द महासागरमा गएको थियो। यो भूकम्प १० मिनेटसम्म चलेको थियो ।