काठमाडौं, २३ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले प्रदेश नं १ का पहाडी भू–भागमा आन्शिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ ।
जल तथा मौसम विभाग महाशाखाको अनुुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।