बुटवलमा तेस्रो जिल्ला स्तरीय रोटरी ब्याडमिन्टन प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

बुटवलमा तेस्रो जिल्ला स्तरीय रोटरी ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवल । रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान अन्तरगतका क्लबका सदस्य बीचमा खेल प्रतियोगितामार्फत भातृत्व विकास गर्ने उद्देश्यका साथ तेस्रो जिल्ला स्तरीय रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगिता हुने भएको छ । रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा शनिबार प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको तयारी पुरा भएको रोटरी क्लब अफ बुटवल अध्यक्ष बोनिन पियाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा जानकारी गराए । रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान अन्तरगतका क्लबहरुका सदस्यहरु प्रतियोगितामा सहभागिता हुन पाउने उनले बताए । क्लब आफना सदस्यहरु बिचमा खेलमार्फत भाईचारा विकास गर्ने रुपमा प्रतियोगितालाई लिएको उनले बताए । विश्वमा नै ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मुल नारा आत्मसात गर्दै रोटरी क्लबले शिक्षा, स्वस्थ्य, खानेपानी, सरसफाई, मातृशिशु र वातावरण जस्ता मानव जीवनका आधारभुत क्षेत्रमा सामाजिक र मानविय कार्यमार्फत अभियान चलाउँदै आएको छ ।

तिलोत्तमा ब्याडमिन्टन क्लब शंकरनगरमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको रोटरी क्लब अफ डाउनटाउनका अध्यक्ष भरत रानाले बताए । मेन्स डबल्स र भेटान्स गरी दुई इभेन्टमा हुने प्रतियोगिताको मेन्स डबल्सतर्फ उपाधि विजेता टिमले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी दोस्रो र तेस्रो टिमलाई क्रमशः नगद १५ हजार र १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

भेटान्सतर्फ भने उपाधि विजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा दोस्रो र तेस्रो टिमलाई क्रमश १० हजार र ६ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १ सय ५६ क्लबहरुबाट ४० टिम सहभागी ९ लाख खर्च हुने अनुमान रहेको छ । ईटहरीमा पहिलो र बुटवल डाउनटाउनको आयोजनामा दोस्रो गरि दुई संस्करण सम्पन्न भएको प्रतियोगिताको तेस्रो संस्करणको तयारी भएको पुरा भएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक टिकाराम पन्थ, क्लवका सचिव लालहरि पाण्डे, कोषाध्यक्ष जिवकान्त काफ्लेलगायतले पनि प्रतियोगिताबारे आ आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);