बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, माघ २०। प्रचण्ड नेतृत्वको सरकारमा गणतन्त्रवादी, राजावादी, धर्मनिरपेक्ष र सापेक्ष मात्र नभई संघीयता पक्षधर र विरोधीको समिश्रण छ।
यो प्रचण्डका लागि अभूतपूर्व सफलता मानिएपनि पछिल्लो समय यही सफलताको भारी बोझिलो बन्दै छ । सरकारमा रहेकाबीच धर्म र संघीयताको मुद्दाले जुहारी नै चलेबाट सत्ता समिकरण नै धरापमा पर्ने अवस्था विकास भएको छ ।