म्यानचेस्टर सिटीको लगातार १८ औं जितको कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

म्यानचेस्टर सिटीको लगातार १८ औं जितको कीर्तिमान

लण्डन ।  इङ्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले लगातार १८ औं जितको कीर्तिमान कायम गरेको छ ।

म्यानचेस्टर सिटीले गएराति भएको खेलमा न्युक्यासललाई १–० गोल अन्तरले पराजित गरेर लिगमा लगातार १८ औं जितको कीर्तिमान कायम गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङले निर्णायक गोल गरे । खेलमा पूरै नियन्त्रण राखेको सिटीले गोलका लागि २१ वटा प्रहार गरेको थियो । न्युक्यासलमाथिको जितसँगै सिटीले २० खेलबाट ५८ अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १५ अंकले अगाडि छ ।