आर्थिक संकटसँग जुधिरहेको दक्षिण एशियामा भारतको रणनीति | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

आर्थिक संकटसँग जुधिरहेको दक्षिण एशियामा भारतको रणनीति

विपिन देवः दक्षिण एसियाली मुलुकहरू आर्थिक संकट भोगिरहेका छन् । श्रीलङ्काको आर्थिक सङ्कट र पाकिस्तानको आर्थिक अवस्था यसका प्रतिनिधि उदाहरणहरू हुन् । दक्षिण एसियाली मुलुकहरूमा वित्तीय संकटका जानुका अनेकौं कारणहरूमध्ये चिनियाँ लगानी र ऋण पनि एक महत्वपूर्ण कारण रहेको छ । तर दक्षिण एसियाली मुलुकहरू आर्थिक संकटमा जाने वित्तिकै यसको पराकम्पन भारतीय अर्थतन्त्रमा पर्न सक्ने जानकारहरू शोधले सावित गर्दछ । वर्तमान परिवेश अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुसन्धानात्मक प्रतिवेदन अनुसार भारतको आर्थिक विकास दर ६ दशमलब ८ रहेको देखिन्छ । सोही प्रतिवेदन अनुसार ठूला अर्थतन्त्र भएका मुलुकहरूको पंक्तिमा भारतले सबभन्दा तीव्र आर्थिक विकास गरिरहेको जिकिर गरिएको छ । विकासको तीव्रतालाई स्थायित्व दिन भारतले दक्षिण एसियाली रणनीतिमा पूर्वविचार गर्नु पर्ने वाध्यता देखिएको छ । साथ साथै वर्तमान भू-राजनीतिक अवस्थामा भारतको भूमिकामा समेत परिर्वतन भएकोले गर्दा छिमेकसंगको सम्वन्धमा मधुरता र सौहाद्रता बढाउनु पर्ने नैतिक दायित्व समेत देखिएको छ ।

जी ट्वेन्टी जस्ता उदीयमान संगठनको अध्यक्षताको साथै सङ्घाई सहयोग संगठनको नेतृत्व पाउनु जस्ता परिघटनाले गर्दा भारतको भूमिका समेत बढेको छ । भर्खरै जनवरीमा भारतका परराष्ट्रमन्त्री डा.जयशंकर मालदिभ्स भ्रमण गरेका छन् । मालदिभ्समा भारतका ४६ वटा परियोजनाहरू परिचालित रहेको देखिन्छ । ४६ वटा परियोजनाहरू मध्ये २३ वटा परियोजनाहरूले पूर्णता पाएका छन् । मालदिभ्सको भारतीय लगानीको योजनाहरूमध्ये माले कनेक्टीभिटी योजनालाई प्रमुख मानिन्छ । भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले भारतीय लगानीमा बन्न लागेको हनीमाद् विमानस्थल समेत छिटो भन्दा छिटो सम्पन्न गर्ने आप्mना समकक्षीसंग वचनवद्धता जाहेर गरेका छन् । मालदिभ्सको योजनाहरूमध्ये समुदायिक भवनहरू र खेलकुदका पूर्वाधारहरू प्रमुख रहेका छन् ।

सन् २०१८ देखि हालसम्म भारतले २ विलियन अमेरिकी डलरको लगानी मालदिप्समा गरेको देखिन्छ । सन् २०२४ मा नै मालदिप्सको निर्वाचन हुन गइरहेको कुरालाई भारतले गम्भीरता पूर्वक लिएको छ । अरू दक्षिण एसियाली मुलुकहरू जस्तै मालदिप्सको चुनावमा समेत भारत विरोधी नारा चुनावी मुद्दा बन्दै आइरहेको छ । कोरनाको कहरले गर्दा चीन लामो समयदेखि लकडाउनको अवस्थामा रहेकोले चीनिया पर्यटकहरूको संख्या मालदिप्समा कम भएको छ । पर्यटनमा नै अर्थतन्त्र निर्भर रहेकोले गर्दा मालदिभ्सको अर्थतन्त्र प्रभावित भएको छ । यस प्रतिकूल अवस्थामा मालदिप्सको आर्थिक विकासमा भारतको सहयोग र सद्भावको भूमिका उल्लेख्य रहने जानकारहरूको बुझाइ रहेको छ ।

मालदिभ्सको यात्राका साथै भारतका विदेश मन्त्री श्रीलङ्का यात्रा गरेका छन् । चिनियाँ ऋणका कारण श्रीलङ्काको आर्थिक अवस्था कमजोर भएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको वित्तीय सहयोगको लागि दातृसंस्थाको प्रमाणीकरण समेत चाहिन्छ । यस प्रतिकूल अवस्थामा महत्वपूर्ण दातृ सूचीमा जापान र भारत रहेका छन् । डा. जयशंकरले श्रीलङ्कालाई आर्थिक संकटबाट बचाउ‘न अन्तर्राष्ट्रिय मुद्राकोषलाई समेत सिफारिस पत्र पठाएको छ । श्रीलङ्काको शोधानान्तरणको अवस्थालाई मध्यनजर राख्दै भारतले ४ विलियन अमेरिकी डलर प्रवाह गरेको छ । श्रीलङ्काको अर्थतन्त्र समेत पर्यटकहरूले धानेको कुरालाई नजरअन्दाज गर्न सकिदैन । श्रीलङ्काले भारतीय पर्यटकहरूलाई आकर्षण गर्न गुरूयोजनका साथ अगाडि बढ्ने भएको छ । आउने मार्च महिनामा भारतको प्रधानमन्त्रीको निमन्त्रणामा श्रीलङ्काका राष्ट्रपति भारत यात्रा गर्ने भएको छ । उक्त यात्राको उद्देश्य नै श्रीलङ्कालाई वित्तीय सङ्कटबाट जोगाउ‘नु हो । श्रीलङका साथै भारतका परराष्ट्र सचिव क्वात्राको भुटान भ्रमण गरेका छन् । भुटानको भ्रमण वडो रोचक देखिएको छ । क्वात्राको भ्रमणको एक दिन अगाडि भुटानी सरकारले एक सूचना सार्वजनिक गरेको थियो । सो सूचना अनुसार विगतका दिनमा भुटान र चीनले सीमा सम्वन्धी समस्या समाधान गर्न अगाडि बढिरहेको जिकिर गरिएको छ । चीनसंगको सामीप्यताबाट भारत भुटानप्रति सशङ्कित देखिएको छ । भुटानको सीमाका कारणले नै गर्दा सन् २०१७ भारत चीन विच डोकलम विवाद भएको थियो । भारत र चीनका सेनाहरू ३ महिनासम्म डोकलमलाई कुरूक्षेत्रको रूप दिएका थिए । भुटानको आर्थिक विकासमा भारतले खेलेको भूमिकालाई भुटानी सरकारले नजरअन्दाज गर्न सक्दैन । तर भारतलाई भुटानमा चीनिया चलखेल पाच्य भएको छैन । यही परिवेशमा क्वात्राले भुटान भारत यात्रा प्रायोजित रहेको छ ।

क्वात्राको यात्रा केही दिनमा नेपालमा पनि हुने भएको छ । नेपालमा दाहाल नेतृत्वको सरकारलाई भारतीय सञ्चार माध्यमले चीनिया कूटनीतिको जितको संज्ञा दिएका छन् । तर भारतीय कूटनीतिलाई भारतीय सञ्चार माध्यम भन्दा भारतीय सैनिक सङ्गठन र थिंक टंयाकले यथेष्ट प्रभावित गरेको देखिन्छ । क्वात्रा नेपालमा राजदूत समेत रहेकोले गर्दा नेपालको मामिला जानकार हुन् ।  सन् २०४७ सम्म विश्वको तेस्रो आर्थिक महाशक्ति बन्ने भारतको गुरूयोजना रहेको छ । नेपाललाई वित्तीय सङ्कटवाट जोगाउन नेपाललाई हाइड्रो क्लव बनाउनुबाहेक अर्को विकल्प देखिदैन । त्यस कारण भारत नेपालको आन्तरिक समस्याबाट टाढिदै जय विद्युतको क्षेत्रमा पार्टीहरू विच सहमति निर्माण गर्न सहजकर्ताको कूटनीति गर्ने कुरालाई नकार्न सकिदैन । नेपाल पनि वित्तीय सङ्कटको संघारमा रहेको छ । भर्खरै आन्तरिक खर्चमा २० प्रतिशत कटौती गर्ने नेपाल सरकारले घोषणा गरेको छ । उक्त घोषणा वित्तीय सङ्कटको परिसूचक हो । यस अर्थमा नेपालले वित्तीय मेरूदण्डलाई बलियो बनाउ‘न आन्तरिक स्रोत र साधनलाई पूर्ण रूपमा परिचालित गर्नु पर्दछ । यूरोपको अर्थव्यवस्थाको शिथिलीकरणको प्रभाव नेपालको विप्रेशण प्रवाहमा समेत असर पर्ने कुरालाई नर्कान सकिदैन । यस अवस्थामा नेपालले समेत आप्mनो कूटनीतिक संयन्त्रलाई चनाखो बनाउ‘दै २१ औं शताब्दीको चेतना अनुरूप भारतसंगको सम्बन्धलाई उच्च महत्व दिनु पर्दछ । दक्षिण एसियाली मुलुकहरूको १० वटा प्रमुख शहरहरू मध्ये ९ वटा शहरहरू पर्यावरणको हिसावले संकटमा छन् । अर्थात् हरित उर्जा, वातावरण परिर्वतन, उर्जा सुरक्षा, जल पर्यावरण जस्ता क्षेत्रहरू दक्षिण एसियालीहरूमा साझा सहमति हुनु पर्दछ । दक्षिण एसियाली मुलुकहरू विकास र प्रगतिको वाटोमा लम्के पछि भारत दक्षिण एसियाको ट्रान्जीट प्वाइन्ट हुन सक्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);