काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पदबाट राजीनामा दिनुभएको छ । पार्टीभित्र व्यक्तिवाद चरम रूपमा हाबी भएको भन्दै बुधबार सापकोटाले राजीनामा दिनुभएको हो ।
पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले पार्टीमा बस्न उचित नभएको टिप्पणी गर्नुभएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई नै भेटेर राजीनामा दिने सोच बनाए पनि उहाँ नभेटेपछि महामन्त्रीलाई बुझाएका थिए । पार्टीभित्र हैकमवाद र व्यक्तिबादी प्रवृति देखिएको उहाँको भनाइ छ ।
सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णतया बेवास्ता गरी एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको उनको आरोप छ । पार्टीले स्थानीय पार्टी संठगनलाई वेवास्ता गरेको उनको गुनासो थियो ।