सिंहदरबार पूर्वी गेट अगाडि ढल फुट्यो, सरकार बेखबर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुट्यो, सरकार बेखबर

काठमाडौं, १८ माघ । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरुले सास्ती व्यहोर्नुपरेको छ ।

सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ । हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल नगरेको देख्न सकिन्छ । पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);