विवादपछि रानीपोखरी पुन: निर्माणको काम रोकियो | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

विवादपछि रानीपोखरी पुन: निर्माणको काम रोकियो

अप्सरा गौतम

काठमाडौं, १२ पुस । काठमाडौं महानगरपालिकाभित्रको विवादका कारण रानीपोखरी पुन: निर्माणकाे काम रोकिएको छ । पुननिर्माण सुरु भएदेखि नै विवाद देखिएको रानीपोखरी पुनर्निर्माणमा पछिल्लो समय महानगरका प्रमुख र उपप्रमुखबीच नै समन्वय हुन नसक्दा काम रोकिएको हो ।

भूकम्पले क्षती पुर्याएको रानीपोखरी २०७३ चैत्र मसान्तसम्म निर्माण सम्पन गर्ने गरी २०७२ साल माघ २ गते राष्ट्रिपति विद्यादेवी भण्डारीबाट तामझामका साथ पुनर्निर्माण सुभारम्भ गरिएको थियो । तर हालसम्म पनि पुनर्निर्माणको कामले गति लिन सकेको छैन ।

विशेष त रानीपोखरीमा कंक्रिट प्रयोग गर्ने की नगर्ने भन्ने विषयमा विवाद देखिएको छ । ३ सय ५० वर्ष पुरानो इतिहास बोकेको पुरातात्विक महत्वको सम्पदाको अस्तित्व लोप हुने गरी कंक्रिट प्रयोग गरेर पुनर्निर्माण भएको भन्दै महानगरकी उपप्रमुख खड्गी आफैले काम नगर्न आदेश दिएपछि पुनः काम रोकिएको छ ।

उपप्रमुख हरिप्रभा खड्गीले पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्दा पुरानै संरचनामा गर्नुपर्ने बताइन् । यसअघि पनि रानीपेखरीकोबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आरसीसी पिल्लर बनाएपछि स्थानियले विरोध गरेका थिए । त्यसपछि पुरातत्व विभागले पुरानै शैलीमा मन्दिर पुनर्निर्माण गरिने बताएको थियो ।

रानीपोखरीको मौलिकता हराउने गरि एकलौटी काम गरेको आरोप खेपेका काठमाडौ महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले भने पुरानै संरचनालाई नविगारी आधुनिकशैलीमा रानीपोखरीको पुनःनिर्माण गर्न लागिएको स्पष्ट पारे ।

व्यक्तिगत र दलगत स्वार्थका कारण पुनर्निर्माणमा विवाद भएको उनको दाबी छ । उनले अब पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरेर छिट्टै काम अघि बढाइने बताए ।

सम्पदाको मौलिकता र सम्पदाप्रतिको संवेदनशिलतालाई ध्यानमा राखेर पुनर्निर्माणलाई पुर्णता दिनुको साटो पुनर्निर्माणको जिम्मा लिएको महानगरपालिका भित्रका जनप्रतिनिधि भित्र नै विवाद बढेको छ । व्यक्तिगत र दलिय स्वार्थ भन्दा ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरोकारवाला निकायबीच समन्वय गरी पुनर्निर्माणमा जुट्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);