तत्काल अध्यादेश जारी गर्न राजपाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

तत्काल अध्यादेश जारी गर्न राजपाको आग्रह

rajapa

काठमाडौं, १२ पुस । राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्या भण्डारीलाई दवाव दिएको छ ।

पार्टीको बुधबार बसेको राजनीतिक समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने निष्कर्ष निकाल्दै तत्काल जारी गर्न दवाव दिएको हो ।

संविधान प्रतिकूल हुने भएकाले सो अध्यादेश तत्काल जारी गरेर मुलुकलाई निकास दिन राष्ट्रपतिलाई पुनः आग्रह गरिएको पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिए ।

बैठकले नयाँ सरकार गठन पार्टीको प्राथमिकतामा नरहेको पनि स्पष्ट पारेको छ । मधेशी जनताको माग अनुसार संविधान संशोधन गर्न पहल गर्ने राष्ट्रिय जनता पार्टीको योजना रहेको महतोले बताए ।

पार्टीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग गठबन्धन गरेर प्रदेश नम्बर २ मा सरकार बनाउन आन्तरिक छलफल पनि सुरु गरेको छ । बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका पार्टीका सांसदहरुलाई बधाई समेत दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);