काठमाडौं, १६ माघ । ललितपुरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गए राति ग्वार्कोमा कार र ट्याक्सी ठोक्किदा सवारी दुर्घटना भएको हो ।
आइतबार राति साढे १२ बजे बिएण्डबी अस्पताल अगाडी बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च नम्बरको कार ठोक्किदा ट्याक्सीमा सवार एक र कारमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार ट्याक्सीमा ६ जना र कारमा दुईजना सवार थिए । ताल्छिखेलका सरोजकुमार विक र ग्रीनल्याण्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो । दुर्घटनापछि घाइते सबैलाई बिएण्डबी अस्पताल पुर्याइएको थियो । अस्पतालमै उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।