काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राजनीतिक मामिलाका उपविदेशमन्त्री भिक्टोरया नुल्याण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भिक्टोरिया नुल्यान्डसँग भएको भेटवार्तामा द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
दुई दिनका नेपाल भ्रमणका लागि आइतबार काठमाडौं उत्रिएकी नुल्यान्डले आजदेखी भेटवार्ता सुरु गरेकी हुन्। नुल्यान्डको आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।