राष्ट्रपति निर्वाचनको मिति तोक्न कांग्रेस उपसभापति खड्काको माग | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

राष्ट्रपति निर्वाचनको मिति तोक्न कांग्रेस उपसभापति खड्काको माग

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका उपसभापति पूुर्णबहादुर खड्काले फागुन २८ अगाडी नै राष्ट्रपतिको निर्वाचन सम्पन्न हुने गरि मिति तोक्न आग्रह गरेका छन् । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर सो विषयमा देखिन थालेको संसयबाट बाहिर निस्कन पनि सुझाव दिएका छन् ।

आयोगले समयमै निर्वाचनको मिति तोक्दा संबैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुने उनको भनाइ छ ।

‘दायाँबायाँ नसोचि,नहेरि ! निर्बाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्बाचनको मिति घोषणा गरेर अहिले यस बिषयमा देखिन थालेको संसयको घेरा बाट आफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ ।’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्,‘यस तर्फ बेलैमा ध्यान जाओस’

Leave a Reply