रामशाह पथमा प्रहरीको बाक्लो तैनाथी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

रामशाह पथमा प्रहरीको बाक्लो तैनाथी

काठमाडौं । रामशाह पथको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको फैसला आजै आउन सक्ने भएपछि सम्भावित भिड जम्मा हुन नदिन सुरक्षाव्यवस्था कडा पारिएको हो ।

मुद्दाको सुनुवाई सकिएर न्यायाधीशहरु छलफलमा रहेको खबर बाहिरिएपछि सर्बोच्च अदालत वरिपरी सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखिएको छ ।

सर्वोच्च स्रोतका अनुसार आजै अन्तिम फैसला आउने सक्ने सम्भावना छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको छ ।

जारी सुनुवाइमा कानुन व्यवसायीको बहस सकिएसँगै न्यायाधिशहरु अहिले छलफलमा जुटेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);