काठमाडौं, १२ पुष एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर वारियर्स फाइनलमा प्रवेश गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । २७ रन जोड्दा चार विकेट गुमाएको भैरहवाको पारी आरिफ शेख र पुनित मिश्रले सम्हाले । दुबैले पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गरे । आरिफ ४६ रनमा आउट भए । सातौं विकेटका रुपमा आउट हुनु अघि पुनितले ४९ रन बनाए ।
विराटनगरतर्फ बाट बाबर र अंशुमनले दोस्रो विकेटको लागि ७४ रनको साझेदारी गरे। अर्धशतक बनाएर आउट भएका बाबरले ६२ रन जोडे। प्रतियोगितामा तेस्रो अर्धशतक बनाएका बाबरले ४ चौका र ५ छक्का प्रहार गरेका थिए। अंशुमन २६ रनमा अविजित रहे भने कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै ४२ रनको योगदान दिए।
जितसँगै विराटनगर सिधै फाइनलमा पुगेको छ भने भैरहवाले भने पोखरा राइनोज र लतिपुर प्याट्रियट्स को इलिमिनेटरको खेलको विजेतासँग दास्रो क्यालिफायर खेन्नेछ ।





