काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद हिजोको तुलनामा केही फरकजस्तो देखिए पनि आधारभूत रुपमा धेरै भिन्न नरहेको बताउनुभएको छ ।
नयाँ पार्टी, सोच, र नयाँ नेताहरुको संख्या बढे पनि आफूले खासै फरक महशुस नगरेको उहाँको भनाइ छ । दलीय प्रणालीबाट आएकाले प्रणालभन्दा बाहिर कोही नजाने उहाँको विश्वास छ ।
संसद र पदीय गरिमा कायम गर्न स्वयम सांसदहरु नै गम्भिर बन्नुपर्ने उहाँको भनाइ थियो ।
संसद विदेशी दातृ निकाय खेल्ने ठाउँ भएको आरोपलाई स्वीकार गर्न नसकिने सभामुख घिमिरेको भनाइ थियो ।