एकैपटक पाँच पाइलट निलम्बित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एकैपटक पाँच पाइलट निलम्बित

RNAC-Office

काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन निलम्बनमा परेका छन्। पाइलटहरुले उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन निलम्बनमा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

गत पुस ३० गते काठमाडौँ–हङकङ उडानमा रहेको निगमको जहाज हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा उचाइ व्यवस्थापन नगरी जोखिमपूर्ण अवतरण गराएपछि पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा निलम्बनमा परेका हुन् । उनीहरुलाई हङकङ एटीसीको निर्देशन अवज्ञा गरेको आरोप लगाइएको छ ।

काठमाडौँबाट जापान उड्नेक्रममा मानक उडान प्रक्रिया पालना नगरेपछि यामप्रसाद (वाईपी) ज्वारचन र प्रसन्नशमशेर जबरा निलम्बनमा परेका छन् । जबर्जस्ती जहाज टेकअफ गर्ने क्याप्टेन ज्वारचन र प्रसन्नशमशेर जबरा वाइडबडी जहाज ए ३३०–२०० का क्याप्टेन हुन् भने एटीसीको निर्देशनको अवज्ञा गर्दै जहाज अवतरण गर्ने न्यारोबडी जहाज ए ३२०–२०० का क्याप्टेनहरू रहेका छन्। शनिबारदेखि ती क्याप्टेनलाई ग्राउन्डेड गरेर जाँचबुझ अघि बढाइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);