माओवादीले स्थायी समितिको बैठक बोलायो | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

माओवादीले स्थायी समितिको बैठक बोलायो

काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीले माघ १२ गतेका लागि स्थायी समितिको बैठक बोलाएको हो । आम निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठक पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशिलता लगायतका विषयमा केन्द्रित हुने बताईएको छ ।

स्थायी समिति बैठकले नै केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ । विभिन्न पार्टीसँग एकतका लागि कार्यलद समेत बनाएको माओवादीले नेसपासँग भने तत्काल एकता गर्ने तयारी गरिरहेको छ ।

महाधिवेशन भएको एक वर्ष बितिसक्दा समेत पूर्णता नपाएका विभाग र भातृ संगठनका नेतृत्वबारे समेत निर्णय हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);