यसरी भयो जनकपुरका दुई युवकको भारतमा हत्या, पाँच आरोपी पक्राऊ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

यसरी भयो जनकपुरका दुई युवकको भारतमा हत्या, पाँच आरोपी पक्राऊ

जनकपुरधाम, ८ माघ । पौष २९ मा छोरा विष्णु साहको मोबाइलबाट पिता रामबाबुको मोबाइलमा फोन आयो । मोटरसाइकलमा घुम्न निस्केका छोरा दुई दिनदेखि हराएकोमा फोन आएपछि पिताले उठाए । तर, फोन गर्ने छोरा नभएर अर्को व्यक्ति थियो । उसले छोरा आफूहरुको नियन्त्रणमा रहेको भन्दै ५० लाख फिरौती माग्यो ।

विष्णुका पिता रामबाबुले परिवार र नजिकका आफन्तसँग सम्पर्क गरेर समस्या सुनाए । अपहरणकारीसँग पैसाको कुरा पनि मिल्यो । तर, उनीहरुको हत्या भइसकेको थियो । ५० लाख माग गरिएकोमा २० लाखमा कुरा मिलेको थियो । सर्लाहीको मलंगवा त कहिले सीमापारी आएर रकम बुझाउन भनिरहे । पैसा जोहो गरेको परिवार जान तम्तयार भयो । विष्णुका पिता रामबाबुले छोरासँग कुरा गराउन आग्रह गरे । तर, अपहरणकारीले मोबाइल रेकर्ड मात्र सुनाएको बताए । त्यसपछि उनको मनमा चीसो पसिसकेको थियो । अपहरणकारीले बारम्बार सुरक्षित रहेको भनेर फिरौती लिने प्रयास गरे । तर, न अपहरित छोरा देखियो न त फिरौती माग्ने नै ।

अपहरणमा परेको छोराबारे अन्यौल बढेपछि परिवारले प्रहरीलाई खबर गर्यो । खोज्दै जाँदा विष्णु साह र रोहित साह सीमापारी सीतामढी जिल्लाको पर्सा ग्राम थाना बेलामा गाडेको अवस्थामा फेला परे ।

शव फेला परेपछि प्रहरीले अपहरण र हत्याको आरोपमा पाँचजनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेहरुमा दुई नेपाली र तीन भारतीय नागरिक छन् । पक्राउ परेकाहरुमा महोत्तरी मनरा सिसवा नगरपालिका २ ईटहर्वाका २४ वर्षीय किसन कुमार पण्डित र मुकेश पासवान रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा घुम्न हिडेका दुवै मृतकको २७ पौषबाट नै मोबाइल अफ थियो । उनीहरुको सोही दिन नै हत्या भएको आशंका गरिएको छ । २२ वर्षीय रोहित साह अविवाहित हुन् । २३ वर्षीय विष्णु साहको पत्नी र ३ वर्षकी छोरी छिन् । उनीहरुको घाँटीमा डोरीले बानेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);