सुर्खेतमा गाडी दुर्घटना, ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सुर्खेतमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं, ८ माघ । सुर्खेतमा गाडी दुर्घटना भएको छ । छिन्चुबाट विरेन्द्रनगरतर्फ जादै गरेको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकबाट गाडी अनियन्त्रित भई ७०/८० मिटर तल खसेको थियो ।

बा.प्र. ०१०२६च ९२१३ नम्बरको डबर क्याप आइलेक्स क्याप गाडी आज बिहान साढे २ बजे विरेन्द्रनगर ११ झुप्राखोलामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा चालक सागर शाही, दीपेन्द्रवंग शाही, बबिन शाही राजेन्द्र बि.सी रहेका छन् । प्रहरीको अनुसार घाइते भएका वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।

दुर्घटनापनि उनीहरुलाई उद्धार गरी प्रहरीले अस्पताल पुराएपनि ३ जनाको चिकित्सकहरुले मृत भइसकेको घोषणा गरेका थिए भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);